बक्स अफिसमा तहल्का मच्चाउन सफल चलचित्र ‘छक्कापन्जा–२’ अब कतारमा

काठमाडौं, २३ कात्तिक । यस वर्षको बक्स अफिसमा तहल्का मच्याउन सफल चलचित्र ‘छक्का पन्जा–२’ अब कतारमा पनि प्रदर्शन हुने भएको छ यो चलचित्र आगामि शुक्रबार अर्थात नोभेम्बर १० मा सनैयास्थित ग्रान्ड मल नजिकै रहेको एसियन टाउन सिनेमाको ३ नम्बरमा छक्कापन्जा–२ प्रदर्शन हुने भएको हो यो चलचित्र दिउसो सवा २ बजेबाट सुरु हुने छ । र, दर्शकले यो चलचित्र हेर्नको लागि ३५, ५० र ७५ रियाल तिर्नुपर्नेछ विश्वका विभिन्न देशमा भएको सफल प्रदर्शन पछि अब यो चलचित्र हेर्नका लागि कतारमा रहेका नेपालीहरुले पनि प्रतिक्षा गरिरहेको निर्देशन पक्षले जनाएको छ दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, वर्षा राउत, जितु नेपाल, शिवहरि पौडेल, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ नेपालमा मात्रै यो चलचित्रले लगभग १५ करोड हाराहारीको व्यापार गरेको थियो । र अझै पनि केही हलहरुमा यो चलचित्र प्रदर्शनकै क्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?