गच्छदारको चम्किएला भाग्य ? यस्तो छ उनको चुनावी आंकलन

काठमाडौं, २३ कात्तिक – उपप्रधान तथा सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले हालैमात्रै फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएका थिए । चुनाव आएसँगै उनी प्रतिनिधि सभा सदस्यका लागि सुनसरी ३ बाट उम्मेदवार बनेका छन् । कांग्रेसमा आएसँगै उनको चुनावी क्षेत्र कत्तिको सुरक्षित छ त ? अहिले कांग्रेस र बाहिरपनि निकै चर्चा हुने गरेको छ कतिपयले चुनाव हार्ने निश्चित भएपछि पार्टी नै कांग्रेससँग एकता गराएको पनि आलोचना गरिरहेका छन् । जे भएपनि अहिले उनी चुनावमा होमिएका छन् र चुनावी प्रचारमा जुटेका छन् तथ्यांकअनुसार उनको पक्षमा माहोल देखिएको छ । स्थानीय तहमा काङ्ग्रेसले पाएको मत २१ हजार ५ सय ७७ रहेको छ भने एमालेले २० हजार २७, माओवादीले ५ हजार ९ सय ९३, राप्रपाले १८ सय ८९ पाएको थियो ।  यसैगरी तत्कालिन उनको पार्टीले पनि १७ हजार ६ सय ७३ मत पाएको थियो भने उपेन्द्र यादवको फोरमले ३ हजार ४ सय २७ मत पाएको थियो यसअर्थमा वाम गठबन्धनका पक्षमा २६ हजार २० मत छ भने काङ्ग्रेसको पक्षमा ४१ हजार १ सय ३९ मत रहेको छ ।  यसआधारमा उनको पक्षमा १५ हजार १ सय १९ मत रहेको छ चुनावको मुखमा पार्टी एकता गरेसँगै उनको निर्वाचन क्षेत्र बलियो देखिएको छ । उनको यो अहिलेको सर्सती हिसाव भएपनि चुनावमा अदलबदल हुन सक्नेछ । यद्यपी उनको पक्षमा माहोल रहेको तथा राष्ट्रिय स्तरका नेता पनि भएकाले भाग्य चम्किन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?