पोखरा, २३ कात्तिक ।काँग्रेसको अनुशासनमा नबसी निर्वाचनमा असहयोग गर्ने गरि बागी उम्मेदवारी दर्ता गराएको भन्दै नेपाली काँग्रेस कास्कीले नरेशशंकर पालिखेलाई पार्टीको सामान्य सदस्य समेत नरहने गरि निष्काशन गरेको छ । पार्टी गम्भिर संकटमा रहेको बेलामा अनुशासनभन्दा बाहिर रहेर पार्टी विरुद्ध नै बागी उम्मेदवारी दिने पालिखेलाई सहयोग नगर्न उसले आफ्ना सम्पूर्ण भातृ संघसंस्थाहरुलाई निर्देशन समेत दिएको छ नेपाली काँग्रेस कास्कीका कार्यवाहक अध्यक्ष सुदीपमोहन भट्टराईले जारी गरेको प्रेस विज्ञप्तीमा काँग्रेसको केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार उनलाई पार्टीबाट निष्काशन गरिएको बताईएको छ । प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पालिखेले आफ्नो उम्मेदवारी दर्ता गराएको बखत देखि नै काँग्रेसको महाधिवेशन प्रतिनीधि, क्षेत्रीय प्रतिनीधि, क्रियाशिल सदस्य र साधारण सदस्य समेत नरहेको जानकारी गराईन्छ ।’पालिखेले कास्की क्षेत्र नम्बर २ ख बाट बागी उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा काँग्रेसबाट आधिकारिक उम्मेदवारको रुपमा बिन्दुकुमार थापाले उम्मेदवारी दिएका छन् । पार्टीले आधिकारिक उम्मेदवारकै पक्षमा माहौल सृजना गर्न कार्यकर्तालाई आग्रह गरेको छ कास्की काँग्रेसले वामगठबन्धन गरि कम्युनिष्टहरु एकतन्त्रीय शासन प्रणालीमा जान खोजिरहेको र देशमा फेरि अर्को द्वन्द निम्त्याउन खोजिरहेको स्थितीमा अनुशासनभन्दा बाहिर गएर यसो गर्ने व्यक्तिलाई काँग्रेसले स्किार्न नसक्ने समेत बताएको छ नेपाली काँग्रेस कास्कीले प्रेस विज्ञप्ती जारी गर्दै यस्ता क्रियाकलापबाट हतोत्साहि नभई पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजयी गराउन संगठित भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया