काठमाडौँ, २३ कात्तिक – विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध हुने अन्तिम चरणको खेलका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि यहाँ सुरु भएको छ आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले प्रारम्भिक चरणमा २८ खेलाडीलाई छनोट गरेको छ बन्द प्रशिक्षमा भने अहिले २४ खेलाडी सहभागी छन् । मलेसियामा शुक्रबारदेखि शुरु हुने उन्नाइस वर्षमुनिको एशिया कप क्रिकेट प्रतियोगिताले गर्दा २४ खेलाडी मात्र बन्द प्रशिक्षणमा राखिएको टोलीका मुख्य प्रशिक्षक टमाटाले जानकारी दिए उनले प्रारम्भिक चरणमा २६ खेलाडीको नाम सार्वजनिक गरिएको र एसिया कपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने दुई खेलाडीलाई पनि बन्द प्रशिक्षणमा बोलाइने बताए छनोट हुने खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी, वसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, करण केसी, दिलिप नाथ तथा दीपेन्द्रसिंह ऐरी छन् । त्यसैगरी आरिफ शेख, ललितसिंह भण्डारी, सुशान भारी, सुशील कँडेल, नरेश बुढा एर, शक्ति गौचन, जीतेन्द्र मुखिया, मेहबुब आलम, सौरभ खनाल, हसिम अन्सारी, सिद्धान्त लोहनी, अनिल मण्डल, कुशल भुर्तेल, विक्रम सोब र सुनिल धमला छन् विश्व लिग क्रिकेटमा यसअघि बाह्र खेल खेलेको नेपालले चार खेलमा जीत, एक खेलमा बराबरी तथा सात खेलमा हार बेहोरेको छ । नौ अंक जोडेको नेपाल लिगको छैटौँ स्थानमा छ । यता समान १२ खेल खेलेको युएई तीन खेलमा जीत तथा नौ खेलमा हार बेहोर्दै लिगको अन्तिम स्थानमा छ । युएइको ६ अंक छ त्यस्तै नेदरल्यान्डस १८ अंकका साथ लिगको शीर्ष स्थानमा तथा पपुवा न्युगिनी १६ अंकका साथ लिगको दोस्रो, स्कटल्याण्ड तेस्रो, हङकङ चौथो तथा केन्या पाँचौँ स्थानमा छन् । विश्व लिग क्रिकेटको सातौँ चरणअन्तर्गतको दुई खेल आगामी मंसिर २० र २२ गते युएईस्थित अबुधावीको शेख जायेद रङ्गशालामा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया