सर्लाही, २४ कात्तिक — आगामी मंसिर २१ गते हुन गइरहेको दोस्रो चरणको प्रदेशसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ महेन्द्र राय यादव चुनावी मैदानमा छन् उनी चुनावी प्रचारमा जुट्दै गर्दा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य समेत रहेका उनको पक्षमा ब्यापक जनलहर देखिएको छ मधेसी जनताको भावना बुझ्ने र मिलनसार नेता भएकाले उनलाई मतदाताले रुचाएको बताइएको छ । उनको चर्चासँगै वाम गठबन्धनलाई ठूलै झड्का लाग्ने निश्चित रहेको स्थानीय बनाउँछन् सो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भने जंगीलाल राय र बाम गठबन्धनका तर्फबाट दिनेशकुमार यादव रहेका छन् प्रदेश सभा सदस्यमा क्षेत्र न २ बाट कांग्रेसको लागि क विनोद साह ख बाट नागेन्द्रप्रसाद रायले उम्मेदवार बनेका छन् । राजपा फोरम गठबन्धनको लागि क बाट गौरी शंकर साह राजपा र ख बाट अशोक यादव फोरमबाट उम्मेदवारी दिएका छन् बाम गठबन्धनबाट क को राजकुमार राय र ख बाट सुरेश साहले उम्मेदवारी दर्ता गराएका छन् स्मरण रहोस् यादवले राजनीतिमा लागेर निर्वाचन लडेदेखि अहिलेसम्म आफ्नो क्षेत्रमा हारेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया