आजबाट निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गर्दै

काठमौं, २५ कात्तिक । मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आजबाट निर्वाचन आयोगले निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्दै छ । पहिलो चरण र दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा आयोगले मतदाता शिक्षाका लागि कर्मचारी परिचालन गरेको हो । हरेक मतदान केन्द्रमा १ जना रहने गरी १९ हजार ९ सय ८ कर्मचारिलाई आज कार्यक्षेत्र पठाईएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए सर्वोच्च अदालतले दिएको आदेश बमोजिम प्रतिनिधि र प्रदेश सभाका लागि फरक–फरक मतपत्र छाप्ने निर्णय भएपछि कात्तिक १५ गतेदेखि सञ्चालन गर्ने भनिएको मतदाता शिक्षा कार्यक्रम तत्कालका लागि स्थगित गरिएको थियो । परिमार्जित व्यवस्था अनुसारको तालिम पश्चात आवश्यक सामाग्री सहित कर्मचारीलाई निर्वाचन क्षेत्रमा खटाइएको प्रवक्ता ढकालले बताए पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी हुँदा कर्मचारी मतदान केन्द्र पुगेपछि मतपत्र तथा निर्वाचन प्रक्रियाका सम्बन्धमा मतदातामा रहेको अन्यौलता हट्ने ढकालले दाबी छ । उहाँले दलका कार्यकर्ताहरुबाट मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्ने भन्दै त्यसमा सहयोग गर्न राजनीति दल तथा कार्यकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?