काठमाडौं । अफ्रिकन राष्ट्र सेनेगल आगामी वर्ष रुसमा हुने विश्वकपका लागि छनोट भएको छ अफ्रिकन छनोट अन्तर्गत शुक्रबारराति भएको समूह ‘डी’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराउँदै सेनेगल २००२ पछि पहिलो पटक विश्वकपका लागि छनौट भएको हो सन् २००२ को विश्वकपक फुटबलमा क्वाटरफाइनलसम्म पुगेर सनसनी मच्चाएको सेनेगल त्यसयता विश्वकपका लागि छनोट हुन सकेको थिएन । शुक्रबार राति दक्षिण अफ्रिकालाई हराएसँगै सेनेगल समूह विजेता बन्यो सेनेगलको जितमा १२ औं मिनेटमा डिएफ्रा साकहोले गोल गरे भने ३८ औं मिनेटमा दक्षिण अफ्रिकाका मखिजीले आत्मघाती गोल गरेका थिए दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि सेनेगल विजयी हुँदै एक खेल अघि नै विश्वकपमा स्थान बनाएको हो यता चार पटकको विश्वकप विजेता इटाली भने यसवर्षको विश्वकपमा छनौट नहुने सम्भावना बढेको छ । विश्वकप छनौटका लागि भएको प्लेअफको पहिलो लेगको खेलमा इटाली स्विडेनसँग १–० ले पराजित भएपछि उनको विश्वकप यात्रा कठिन बनेको हो घरेलु मैदानमा भएको खेलमा स्वीडेनले पहिलो हाफमा इटालीलाई गोलरहित बराबरीमा रोकेको थियो । खेलको ६१ औं मिनेटमा याकोव याहानसनले गोल गर्दै स्विडेनलाई जित दिलाए पहिलो लेगमा जित निकालेको स्वीडेनको छनोट हुने सम्भावना बलियो बनेको छ । दोस्रो लेग आगामी सोमबार इटालीमा हुनेछ । इटालीका लागि विश्वकपमा स्थान बनाउका लागि दोस्रो लेगमा २–० को जित आवश्यक पर्नेछ । स्वीडेन भने बराबरी गर्न सकेमा मात्रै पनि विश्वकपका लागि छनौट हुनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया