चलचित्र ‘साढे ७’को पहिलो गीत ‘गज्जब हुनेछ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं, २६ कात्तिक । चलचित्र ‘साढे ७’ को पहिलो गीत सार्वजनिक भएको छ । आगामि फागुन ११ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँने चलचित्र साढे ७ मा समावेश गरीएको ‘गज्जब हुने छ’ बालेको गीत सार्वजनिक गरिएको होे अमृत खतिवडाको शब्द रहेको उक्त गीतमा संगीत सत्यराज आचार्यले भरेका छन् । ‘गज्जब हुने छ’ गीतमा किरण गजमेरको स्वर सन्न पाइएने छ भारतले नेपाल माथि लगाएको नाकाबन्दीको समयमा फोटो पत्रकारको भोगाई तथा दुःख पिडा नै फिल्मको विषय वस्तु रहेको निर्माण पक्षले बताइएको छ यस फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् त्यसैगरी, फिल्ममा सत्यराज आचार्यसँगै सुनिल थापा, मेनुका प्रधान, शिशिर वाङदेल, कामेश्वर चौरसिया र सुप्रिया कटुवाल लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेशदेव पाण्डे, डिजे सन्तोष र निर्देशक भुटियाको संयुक्त लगानीमा फिल्म ‘साढे ७’ को निर्माण गरिएको बताए https://youtu.be/MU9vwmf2wms 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?