आर्यनले निर्माण गर्ने चलचित्र ‘कायरा’मा नायिका साम्राज्ञी

काठमडौं, २७ कात्तिक । नेपाली चलचित्र क्षेत्रमा नायक आर्यन सिग्देलको पछिल्लो पटक प्रर्दशनमा आएको चलचित्र ‘रुद्रप्रिया’ बक्स अफिसमा असफल भएपछि आर्यन अहिले सुरक्षित स्थानको खोजीमा रहेका छन् । यसैले, अब आर्यन आफ्नै होम प्रोडक्शनमा चलचित्र निर्माण गर्ने तयारीमा लागेका छन् आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको टाइटल ‘कायरा’ राखिएको छ । यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गर्दै छन् । लक्ष्मणले आर्यनसँग चलचित्र ‘धुवा यो नशा’मा काम गरेका थिए भने, चलचित्र ‘केशरी’ भने अधुरै रहन पुग्यो लक्ष्मणले निर्देशन गर्ने र आर्यनले निर्माण तथा अभिनय गर्न लागेको चलचित्रको मुख्य भूमिकामा भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने निश्चित भएको छ । साम्राज्ञीले यो चलचित्रको कथा वस्तु निकै मन पराएकी हुनाले अब उनले यो चलचित्रमा मुख्य नायिकाको रुपमा काम गर्ने छिन् चलचित्रको छायांकन नेपाल बाहिर फिलिपिन्समा हुनेछ । साम्राज्ञीले यो चलचित्रका लागि अत्यधिक पारिश्रमिक पनि लिएकी छिन् । स्रोतको अनुसार, उनले यो चलचित्रमा १० लाख पारिश्रमिक लिएकी छिन् भने चलचित्रक निर्माणपक्षले भने यो विषयमा केही बताउन चाहेका छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?