गोरखा, २७ कात्तिक – नयाँ शक्ति पार्टीका संयोजक तथा लोकतान्त्रिक गठबन्धनबाट गोरखा–२ का उम्मेदवार डा बाबुराम भट्टराईले वाम गठबन्धन सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् स्थानीय च्याङ्लीमा आज आयोजित चुनावी कार्यक्रममा भट्टराईले भने, “भ्रम छरेर चुनाव जित्ने दाउ र सत्ताका लागि वाम गठबन्धन बनाएका हुन् ।”अब देशमा राजनीतिक मुद्दा करिब सकिएको बताउँदै आर्थिक विकास र समृद्धितर्फ सबैको ध्यान जानुपर्नेमा डा भट्टराईले जोड दिए । आफू अर्थमन्त्री र प्रधानमन्त्री रहँदा गोरखामा विकास, निर्माणका केही जग राखेको भन्दै उहाँले सो पूरा गर्न जनताबाट फेरि एक पटक निर्वाचित गराउनुपर्ने बेला आएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया