बाबुरामले सुनाए लुगा फुकालेर भात खाने बाहुनको किस्सा, झटारो यता

काठमाडौं, २८ कात्तिक । नयाँ शक्ति नेपालका संयोजक तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार बाबुराम भट्टराईले लुगा फुकालेर भात खाने बाहुनको एक रोचक किस्सा सुनाएका छन् गोरखामा आयोजित चुनावी सभामा उनले माओवादी केन्द्रलाई आफ्नो एजेण्डा छाड्न भित्रैदेखि मन भएपनि अहिले बाहुनलाई लुगा नफुकाली भात खाने बाहुनलाई सकस भएजस्तै भएको बताएका छन् ‘पहिले पहिले ब्राह्मणहरु सबै धोती फेरेर भात खान्थे, अहिले धेरैले त्यत्तिकै खान्छन् । धोती नफेरी खाँदा सुरुसुरुमा बुढाहरुलाई दकस पनि लाग्यो तर पछि बिस्तारै बानी पर्योे’, माओवादीप्रति कटाक्ष गर्दै भट्टराईले भने, ‘ अहिले माओवादी साथीहरुलाई त्यस्तै भएको छ, छोडिहाल्न दकस पनि लागेको छ, भित्रैदेखि छोड्न मन पनि लागिरहेको छ ।’पालुङटार नगरपालिका–९ शेरा बजारमा मंगलबार आयोजित चुनावीसभामा बोल्दै भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त आफूसँगको भेटमा नयाँ शक्तिले तय गरेको बाटो ठीक भएको बताएको खुलासा गरे उनले भने, ‘ प्रचण्डजीले त एक्लैमा कुरा गर्दा खुलेरै बाटो त तपाईंकै ठीक हो, कुनै दिन हाम्रो भेट हुन्छ भन्नुभएको छ । बाहिर मात्रै अरु कुरा गर्नुहुन्छ । ब्राह्मणलाई सुरुमा धोती नलाई भात खान दकस लागेजस्तै उहाँहरूलाई पनि दकस लागेर नै कम्युनिस्ट केन्द्र निर्माणको कुरा गर्दै हुनुहुन्छ । तर एकदिन उहाँहरु पनि लुगा लाएरै भात खान सुरु गर्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?