अस्ट्रेलियामा समलैंगिक विवाहको पक्षमा मतदान

एजेन्सी, २९ कात्तिक । अस्ट्रेलियामा एक ऐतिहासिक सर्वेक्षणमा जनताले समलैंगिक विवाहको पक्षमा मतदान गरेका छन् । सर्वेक्षणमा सामेल भएका ७९.९ प्रतिशतमध्ये ६१.६ प्रतिशतले समलैंगिक विवाहको पक्षमा मत जाहेर गरेका थिए समलैंगिक विवाहबारे सरकारले ८ सातासम्म चलाएको पोस्टल सर्भेका माध्यमबाट राय लिइएको हो । यो सर्वेक्षणमा एक करोड २७ लाख मानिसहरुले भाग लिएका थिए । जसमध्ये ६१.६ प्रतिशत समलैंगिक विवाहको पक्षमा देखिएका हुन् । यद्यपि सर्वेक्षणमा सामेल हुन र आफ्नो राय व्यक्त गर्नका लागि कसैलाई पनि बाध्यकारी थिएन यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री म्याकलम टर्नबुलले समलैंगिक विवाहको पक्षमा जनताको मत आएमा यसैवर्षको अन्त्यसम्ममा मान्यता दिन सकिने बताएका थिए । यसबारेमा संसदमा सरकारको धारणा विभाजित भएको थियो प्रधानमन्त्री टर्नबुल समलैंगिक विवाहका समर्थक हुन् । तर सरकारमा यसबारेमा एउटै राय बन्न सकेको थिएन । अस्ट्रेलिया उदार राष्ट्र मानिन्छ । तर सन् २००४ मा अस्ट्रेलियाले विवाह ऐन १९६१ मा संशोधन गर्र्दैै समलैंगिक विवाहमाथि प्रतिबन्ध लगाएको थियो २० वर्षअघि अस्ट्रेलियाको तस्मानिया प्रान्तले पुरुष समलैंगिक विवाहलाई कानुनी मान्यता प्रदान गरेको थियो । तस्मानिया यसरी समलैंगिक विवाहलाई मान्यता दिने अन्तिम राज्य थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?