ओप्पो एफफाइभ ब्रान्डकै पहिलो एफएचडी प्लस फुलस्क्रिन डिस्प्ले

काठमाडौं, २९ कात्तिक । नेपाली बजारमा ओप्पो एफफाइभ ब्रान्डकै पहिलो एफएचडी प्लस फुलस्क्रिन डिस्प्ले मोडल हो यसमा अत्याधुनिक एआई ब्यूटी सेल्फीमा रहेका व्यक्तिका लागि ब्यूटिफिकेसन उपलब्ध गराउने प्रविधि राखिएको छ । यसले सेल्फी फोटोग्राफीको गुणस्तरलाई नयाँ आयाम प्रदान गर्ने कम्पनीले दाबी छ यस एआई ब्यूटी प्रविधिले ग्लोबल डाटाबेस अनुसार अनुहारको आकार तथा प्रकारको पहिचान गर्छ । २ सय भन्दा बढी फेसियल रिकग्निस स्पट्ससहित खिचिएको तस्विरलाई ग्लोबल डाटाबेसमा रहेका मानव अनुहारका फेसियल फिचर्स, आकार र संरचनाहरुसँग तुलना गरी विषयको स्किन टोन, प्रकार, लिंग, उमेर लगायतका आधारको पहिचान गर्छ यसमा अल्ट्रा सेन्सेटिभ एफ २.० एपर्चर र १ र २.८ सेन्सरसहित २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । क्यामेरालाई अधिक सूचना संकलन गर्न तथा कम प्रकाश भएका स्थानमा समेत आवाज न्यूनीकरण गरी उत्कृष्ट तस्विर सम्प्रेषण गर्न मद्दत पुरेयाउँछ फ्रन्ट क्यामेरा पोर्टेट मोडले हरेक सेल्फी आकर्षक तरिकाले खिच्न सघाउँछ । फोनमा रहेको १६ मेगापिक्सेलको रियर क्यामेराले दिन तथा रात दुबै समयमा उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको दाबी छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?