एजेन्सी, २९ कात्तिक—जिम्बाबेमा सैनिक कु भएको छ । सेनाले सैनिक ‘कु’ गर्दै राष्ट्रपति रोबर्ट मुगाबेलाई पक्राउ गरेको छ दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले मुगाबेले आफूलाई टेलिफोनमार्फत आफू घरमा नै रहेको र सकुशल रहेको जानकारी गराएको पुष्टि गरेका छन् जिम्बाबेमा सत्ता हस्तान्तरणको विषयलाई लिएर उत्पन्न संकटबीच सेनाले बुधबार बिहान सरकारी टेलिभिजन कब्जा गर्दै उनलाई नियन्त्रणमा लिएको बताएको थियो । हाल राजधानी हरारेमा सेनाले गस्ती गरिरहेको छ जिम्बाबेमा लामो समयदेखि सत्तामा रहेका ९३ वर्षीय राष्ट्रपति मुगाबेले केही दिनअघि उत्तराधिकारीको विषयलाई लिएर भइरहेको संकटबीच उपराष्ट्रपति इमर्सन मान्नागागावालाई बर्खास्त गरेका थिए गत साता मान्नागागावालाई बर्खास्त गरेपछि मुगाबेकी श्रीमती ग्रेसीलाई भावी राष्ट्रपति बन्ने बाटो खुला भएको अनुमान गरिएको थियो राष्ट्रपति मुगाबेको निर्णयलाई त्यहाँका सेना प्रमुख कोन्सटंटिनो चिभेन्गाले चुनौती दिएका थिए । सोही अनुसार बुधबार बिहानै राजधानी हरारेमा टेलिभिजन नियन्त्रणमा लिएको थियो भने राजधानीमा केही विस्फोट र गोली चलेका घटनासमेत बाहिर आएका छन् मुगाबेले बेलायतबाट स्वतन्त्र भएपछि सन् १९८० देखि जिम्बाबेलाई नेतृत्व प्रदान गर्दै आएका थिए । बेलायत र अमेरिकाले जिम्बाबेको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गर्दै आफ्ना नागरिकलाई अर्को सूचना प्राप्त नभएसम्मका लागि अन्य स्थानमा नजान आग्रह गरेका छन् जिम्बाबेको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनले त्यहाँको पछिल्लो अवस्थालाई गम्भीरतापूर्वक नियालिरहेको जनाएको छ । उसले जिम्बाबेका अधिकारीले यो अवस्थालाई सहज रूपमा स्थिरतातर्फ अवतरण गराउने विश्वास पनि व्यक्त गरेको छ जिम्बाबेको अहिलेको राजनीतिक संकटपछि उत्तराधिकारी कसलाई बनाउने भन्ने विषयबाट सुरु भएको हो । मुरारेद्वारा हटाइएका उपराष्ट्र पनि मान्नागागावा पनि सन् १९७० को दशकमा भएको स्वतन्त्रताको लडाइँका प्रमुख व्यक्ति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया