काठमाडौं, ३० कात्तिक । धितोपत्र बजार आज दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ४६.६२ अंकले बढेको छ । दशैंपछि उच्च बिन्दुले सेयर बजार बढेको आज पहिलो पटक हो आज दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक एक हजार ५६४ बिन्दुमा पुगेको छ । बजारमा लगानीकर्ताले लगानी गर्न थालेको तथा राजनीतिकरुपमा पनि निर्वाचनको माहोल बनेकाले विश्वास बढेको विश्लेषण गरिएको छ त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.२१ बिन्दुले उकालो लागेको छ । कूल १६३ कम्पनीको १४ लाख ५६ हजार ६३७ कित्ता सेयर रु ६० करोड ५० लाख सात हजार ६१४ मूल्यमा खरिद बिक्री भएको हो स्टक एक्सचेञ्जका अनुसार, बैंकिङ ४८.६६, होटल ७८.०५, विकास बैंक ५७.३६, जलविद्युत् ५२.५५, वित्त क्षेत्र ९.९, बीमा समूह २६४.७५ र अन्य समूह ०.२८ बिन्दुले बढ्दा व्यापार क्षेत्र भने ४.२२ बिन्दुले ओरालो लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया