स्याङ्जा, ३० कात्तिक- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनले नेपालको इतिहासमा यस पटक दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ स्याङ्जाको वालिङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वामपन्थीको गठबन्धनबाट नेपाली काँग्रेस डराएको टिप्पणी गर्नुभयो अध्यक्ष प्रचण्डले चितवनमा आफू लडेको क्षेत्रका विक्रम पाण्डेलाई सहयोग गरेर गिरिजाप्रसाद कोइराला र आफूले देशलाई दिन खोजेको निकासका विषयमा काँग्रेस अहिले भुलेको दुःखेसो गर्दै बाह्रबुँदे सहमतिमा हस्ताक्षर गर्दा सबै मिलेर देखेको सपना पूरा नहुने देखेपछि वाम गठबन्धन गरिएको बताउनुभयो “नेपाली काँग्रेसले अहिलेसम्म वामपन्थीलाई फुटाएर फाइदा उठायो” उहाँले भन्नुभयो, “अब वामपन्थीको गठबन्धनसँगै नेपाली काँग्रेसका दिन समाप्त भए ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया