एजेन्सी । विगत लामो समय सत्ता सम्हाल्दै आएका जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरिरहेको विवरण जिम्बाब्वेका सञ्चारमाध्यमहरुले बताइ रहेका छन् उत्तराधिकारी चयन सम्बन्धी विवादमाझ जिम्बाब्वेको सेनाले उनलाई नजरबन्दमा राखेको छ । ९३ वर्षीय मुगाबेलाई बुधवार सत्ता हातमा लिएको सेनाले नजरबन्दमा राखेको हो क्षेत्रीय दूतहरु र सेनाप्रमुखसँग भएको मुगाबेको वार्ताबारे अहिलेसम्म कुनै पनि कुरा खुलाइएको छैन । तर, राष्ट्रपति मुगाबेले भने उनीहरुसँग भेटघाट गरिरहेको तस्वीर सार्वजनिक गरिएको छ सार्वजनिक गरीएका तस्वीरहरुमा मुगाबे भने मुस्कुराइरहेका देख्नसकिन्छ । तर श्रोतहरुले दिएको जानकारी अनुसार उनी अहिलेसम्म पद छाड्न तयार भएका छैनन् विपक्षी नेता मोर्गन चाङगराइले मुगाबेले तत्कालै राजीनामा दिनु जिम्बाब्वेका जनताको हितमा रहेको प्रतिक्रिया दिएका छन् तर उनको बहिर्गमनका लागि एउटा सहमति कायम गर्ने दिशामा प्रगति भइरहेको चर्चा पनि चलिरहेको छ एकाथरीले मुगाबेलाई उनले बर्खास्त गरेका एमरशन मनाङगाग्वाले विस्थापित गर्न सक्ने र विपक्षी नेता मोर्गन चाङगीराईले प्रधानमन्त्री बन्न सक्ने पनि सङ्केत गरिरहेका छन् अघिल्लो हप्ता मुगाबेले देशका उपरराष्ट्रपति मनाङगाग्वालाई बर्खास्त गर्दै आफ्नी पत्नी ग्रेस मुगाबेलाई उनको दल जानु पिएफको नेता हुँदै राष्ट्रपतिसम्म बनाउने सङ्केत दिएपछि जिम्बाब्वेको सेनाले हस्तक्षेप गरेको हो जिम्बाब्वेका एक सञ्चारमाध्यमले भनेको छ कि , ‘यदि राजीनामा दिन मुगाबेले माने भने उनको कदमले सेनाको नाटकीय हस्तक्षेपलाई वैध बनाउन मद्दत पुर्याउनेछ ।’शहरमा मुगाबे सत्तामा रहिरहुन् भन्ने चाहना राख्ने मानिसहरु भेट्न कठिन छ तर उनको वहिर्गमन र सत्ता हस्तान्तरणको अवधिसम्मको अल्पकालीन व्यवस्थामा सहमति कायम गर्न केही समय लाग्नसक्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया