युरो यू–२१ फुटबलको उपाधि स्पेनलाई

appharu
0
Shares

एजेन्सी । युरो यू–२१ च्याम्पियनसिप फुटबलको उपाधि स्पेनले जितेको छ ।

इटालीमा सोमवार विहान सम्पन्न युरो यू–२१ च्याम्पियनसिपको फाइनलमा जर्मनीलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधि हात पारेको हो ।

फावियन रुइज र ड्यानी ओल्मोले गरेको गोलले स्पेनलाई विजेता बनायो । यता, जर्मनीका लागि भने नदिम अमिरीले एक गोल फर्काए ।

खेलको सातौ मिनेटमा फावियनले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म उनकै गोलको मद्दतमा स्पेनले अग्रता बनाएको थियो । दोस्रो हाफमा स्पेनले फेरी एक गोल गर्दा जर्मनीले पनि एक गोल फर्काउन सफल भयो तर यो गोल स्पेनलाई रोक्न पर्याप्त बन्न सकेन ।

खेलको ६९ औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २–० गोलको अग्रता दिलाए तर खेलको ८८ औं मिनेटमा अमिरीले गोल फर्काउँदै २–१ गोलको स्थितिमा ल्याएपनि जर्मनीले स्पेनलाई रोक्न नसक्दा उपविजेता बन्न पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?