एजेन्सी । अफ्रिका कप अफ नेसन्स फुटबलमा ईजिप्टले युगाण्डालाई २-० गोल अन्तरले पराजित गरेको छ ।
मोहमद सलाहाको गोलमा ईजिप्टले समुह चरणको अन्तिम खेलमा युगाण्डालाई पराजित गरेको हो । समुह चरणमा जित निकाल्दै ईजिप्ट समुह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।
खेलको ३६ औ मिनेटमा लिभरपुल स्टार सलाहाले फ्रिकिक मार्फत गोल गर्दै ईजिप्टलाई सुरुवाती अग्रता दिलाए ।
पहिलो हाफको ईन्जुरी समयमा एल मोहम्मदीले गोल गर्दै ईजिप्टको जित सुनिश्चित गरेका थिए । जितसंगै ईजिप्ट ३ खेलबाट ९ अंक सहित समुह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्यो ।
युगाण्डाले समुह उपविजेताको रुपमा प्रि क्वाटरफाईनलमा स्थान बनाएको छ । उसले ३ खेलबाट ४ अक जोड्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया