त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुने

appharu
0
Shares

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमवारबाट २१ घण्टा सञ्चालनमा आउने भएको छ ।

धावनमार्ग मर्मतका लागि बिहान ८ बजेदेखी राति १० बजेम्म बन्द गरिएको विमानस्थल सोमवारबाट अञ्चालनमा आउँन लागेको हो ।

विगत तीन महिनादेखि दैनिक १० घण्टामात्रै सञ्चालनमा रहेको विमानस्थल अब २१ घण्टा सञ्चालनमा आउने त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षत्रीले जानकारी दिए ।

धावनमार्ग कालोपत्रेको काम चिनियाँ निर्माण कम्पनीले तोकिएकै समयभित्र सकिएकाले अब विमानस्थल बिहान ६ बजेदेखि अर्को बिहान ३ बजेसम्म सञ्चालनमा आउने महानिर्देशक क्षत्रीले जानकारी दिए ।

नयाँ कालोपत्र गरिएपछि अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा हुँदै आएका समस्या अन्त्य भएको महाप्रबन्धक क्षेत्रीको दाबी छ । अब विमानस्थल २४ घण्टा पनि सञ्चालन गर्न सक्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?