काठमाडौं । भक्तपुरमा हत्या भएकी सावित्री भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको पाइएको छ ।
आइतबार बिहान आफ्नै घरमा चक्कु प्रहार गरि हत्या गरिएको अवस्थामा भट्टराइको शव भेटिएको थियो । अनुसान्धानका क्रममा प्रहरीले उनकी २७ वर्षीया छोरीसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सवित्रिकी छोरी ईश्वरीसहित मोहम्मद नौसाद, अर्जुन कुमार भन्ने भोला कुमार र मोहम्मद रहिश रहेका छन् ।
इश्वरी र नौसादबीच प्रेम सम्बन्ध रहेको कुरा आमाले थाहा पाएपछि त्यो बाहिर आउने डरले छोरीले प्रेमीको सहयोगमा योजनाबद्ध ढङ्गले आमाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न भारतीय (भाडाका अपराधी) नागरिक अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइसलाई १२ लाख रुपैयाँ सुपारी दिएकी थिइन् ।
प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी भक्तपुरमा आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन् । श्रीमान्ले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया