श्रीमानद्वारा श्रीमतीमाथि चुलेसी प्रहार

काठमाडौं । एक पुरुषले आफ्नै श्रीमतीमाथि चुलेसी प्रहार गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुरेन वाईबाले आफ्नै २५ वर्षीया श्रीमती सिता कुमारी मोक्तानलाई चुलेसीले प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

वाईबालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाइते सिताको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?