दाङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

काठमाडौं । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका ८ बेलरीस्थित बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर घोराही १९ सैघा निवासी २३ वर्षीय शिवराज पुनको मृत्यु भएको हो ।

आईतबार साँझ ८ बजेतिर साथिहरुसँग पौडी खेल्न गएका उनि डुबेर बेपत्ता भएका थिए । शवलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले सोमबार साढे ११ बजेतिर बबई नदीमा बनेको नरहबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साथीहरु भने सकुशल रहेका छन् । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?