भ्रष्टाचारमा मुछिएका सशस्त्र प्रहरीका ४ पूर्व आईजीले सफाइ पाए

काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा मुछिएका सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षकहरुलाई सफाइ दिएको छ ।

सशस्त्र प्रहरीका पूर्व महानिरीक्षकहरु बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्तलाई विशेष अदालतले सफाइ दिएको हो ।

फाइल फोटो

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारिकमान जोशी तथा प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले सशस्त्र प्रहरीका चार पूर्व प्रमुखलाई सफाइ दिएको हो ।

सशस्त्र प्रहरीका विभिन्न युनिटमा सामान ढुवानी गर्दा नक्कली कम्पनी खडा गरी करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?