नेकपा नेता अग्नी सापकोटाको प्रश्न : कहाँ छैन भ्रष्टाचार ?(भिडियोसहित)

appharu
0
Shares


नेपाल कम्यूनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री अग्नी प्रसाद सापकोटाले देशमा नयाँ खालको क्रान्ति आवश्यक भएको बताएका छन् ।

लोकपथ डटकमको च्यानल लोकपथ टिभिको कार्यक्रम खास कुरामा अन्तर्वार्ता दिँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि गहिरो चिरफार आवश्यक रहेकोले नयाँ खालको क्रान्ति आवश्यक रहेको बताएका सिंगो देश रुपान्तरणको आवश्यकता औल्याए ।

देशका हरेक तह र तप्कामा बहुआयामिक रुपमा भ्रष्टाचार मौलाएको बताए । नयाँ किसिमको क्रान्तिबाट मात्रै देशको सबै तह र तप्कामा हाबी भएको भ्रष्टाचार निमिट्यान्न पार्न सकिन्छ । उनले भने, ”खुलामञ्च, बालुवाटार, पोखरा , कहाँ छैन भ्रष्टाचार ? हुँदाहुँदै अब ९ नम्बर प्राप्त गरेको विद्यार्थीलाई समेत अगाडी ६ राखेर ६९ नम्बर बनाए । गोल्ड मेडलको समेत किनबेच हुने भनेको कतिसम्म भ्रष्टाचार व्याप्त छ । हजारौँ ठाउँमा भ्रष्टाचार छ । यो सफा हुनुपर्छ ।”

तातोपानी नाका किन खुलेन भन्ने प्रश्नमा उनले भने, ”नाका खुल्ने सुनिश्चित भईसकेको छ । विभिन्न चरणमा छलफल भइरहेका छन् अब छिट्टै नाका खुल्छ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?