केटीसाथीको निहुँमा खुकुरी हानाहान, फेसबुकबाट बढेको थियो विवाद

appharu
0
Shares


पोखराको बगरस्थित नयाँगल्लिमा केटीसाथीको निहुँमा खुकुरी हानाहान भएको छ । एक जना केटीको विषयमा लिएर दुई जना केटा साथीहरुबिच लफडा हुँदा उनले आफ्नै साथीमाथि खुकुरी प्रहार गरेका थिए । विवाद फेसबुकबाट बढेको थियो ।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीकोट घर भई बागलुङ बसपार्क बस्दै आएका १६ वर्षे विपिन सुवेदी र बगरका विजय तामाङको बिच फेसबुकमा केटीको विषयलाई लिएर चर्काचर्की भएपछि यो अवस्था आएको थियो ।

केटीको विषयलाई लिएर केटाहरुबिच खुकुरी प्रहारसम्म पुगेको हो ।


खुकुरी प्रहारबाट सामान्य घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?