कृषि विकास बैंक खानीखोला शाखा अन्यत्र सार्न लागिएको भन्दै स्थानियबासी विरोधमा

appharu
21
Shares

धादिङ- कृषि विकास बैक खानीखोला शाखालाई धार्के बजार सार्न लागिएको भन्दै खानीखोलाका स्थानीय बासिन्दाहरु विरोधमा उत्रिएका छन् । २०३९ साल देखि संचालनमा रहेको सो शाखालाई सोही ठाउँमा नै संचालन गर्नु पर्ने र अन्यत्र सार्न नहुने स्थानियको माग छ ।

राजनैतिक पहुँचको आधारमा आफुहरुलाई झुक्याएर बैकको शाखा अन्यत्र सार्न सार्न लागिएको स्थानिय रन्जीत पाठकले जानकारी दिए । पहिले एक काउन्टर मात्रै धार्केमा स्थापना गर्ने भनिए पनि पछि बैकनै सार्न लागिए पछि आफुहरु विरोधमा उत्रन बाध्य भएको उनको भनाई छ ।

सो संबन्धमा आज स्थानियले बैकको केन्द्रिय कार्यलय बबरमल र नेपाल वित्तिय संस्था कर्मचारी संघ (विकास बैक) मा समेत ज्ञापनपत्र बुझाउँदै उक्त कार्य रोक्न माग गरेका छन् ।

यस अघि धुनीबेशी नगरपालिकालाई समेत सो कार्य रोक्न अपिल गर्दै स्थानीयले ज्ञापन पत्र बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?