काठमाण्डौं । टिकटक क्विनका रूपमा परिचित रेश्मा घिमिरे पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय हुन थालेकी छिन् ।
कालीप्रसाद बासकोटाको गीत इन्स्टाको फोटोमार्फत म्युजिक भिडियो यात्रा शुरु गरेकी रेश्माले केही महिनाको अन्तरालमा दोस्रो म्युजिक भिडियोमा आफ्नो अभिनयलाई उतार्ने मौका प्राप्त गरिन ।
गायिका देविका बन्दनाले आफ्नो गीत माया घटेन कम्पोज हुने बेलादेखि नै भिडियोमा रेश्मालाई राख्ने योजना बनाएको भएपनि रेश्मालाई केही महिना नै कुर्नुपरेको उन्को भनाई छ ।
टेकेन्द्र शाहद्वारा निर्देशित भिडियो सार्वजनिक भएको केही दिनमै २ लाखभन्दा बढी पटक हेरिएको छ । भिडियोमा रेश्माको सुन्दरता एवं नृत्यले निकै प्रशंसा पाएको छ । टिकटकमा आकर्षक भिडियो तयार पारेरै सेलिब्रेटी भएकी रेश्माले भने अचेल आफ्नो व्यस्तता निकै बढेको प्रतिक्रिया दिईन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया