उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जारी गरेको नियममा भारतको उत्तर प्रदेशमा कर्मचारीले पान गुट्खा खान नपाइने भएको छ ।
कुनै व्यक्तिले नियम उल्लंघन गरी पान, गुटखा खाएमा ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ नियममा सरकारी भवनमा हतियार लिएर जान पनि नपाइने आदेश पनि छ । सुरक्षाकर्मीले हतियार ढोकामै राख्नुपर्नेछ ।
सोमवार जारी सो नियममा कर्मचारीले अनुमतिविना उपहार पनि लिन पाउने छैनन् । कर्मचारी मात्रै होइन राज्य सरकारका सबै मन्त्रीलाई पनि यो अवगत गराइएको छ । उपहार दिएर सरकारी कर्मचारीलाई काम गराउने गरेको आधार देखाउँदै उत्तर प्रदेश सरकारले यस्तो निर्णय लिएको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।
मुख्यमन्त्री योगी आदित्यनाथ सरकारको आदेशप्रति तृतीय श्रेणीका सरकारी कर्मचारीले असन्तुष्टि राखेका छन् ।
यसअघि नै बैठक बसिरहेका बेला अधिकारीले मोबाइल फोन चलाउन रोक लगाइएको छ भने सरकारी कर्मचारी ९ बजे कार्यालय पुग्नैपर्ने नियम बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया