काठमाडौं । काठमाडौंको सिनामंगलमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
मंगलबार बिहान गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र विपरीत दिशाबाट आइरहेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकआपसमा ठोक्किएर दुर्घटना भएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
घटनामा नेपाली सेनाका अमल्दार भरत खत्री र माइक्रो चालक हिमाल काफ्ले गम्भीर घाइते छन् । नारायण दल गुल्ममा कार्यरत् खत्रीको टाउकोमा चोट लागेको छ ।
घाइते दुवैको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया