काठमाडौं । रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई चाहि मधुमेह अर्थात चिनीरोग भएको भन्दछौँ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ ।
यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसंग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढेपछि यसलाई हामी मधुमेह रोग लागेको भन्दछौँ ।
मधुमेहका कारण
सरिरमा प्रयाप्त इन्सुलिनको उत्पादन नहुदा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा रगतमा चिनिको मात्रा बढ्न गइ मधुमेह हुनजान्छ । जसका निम्न कारणहरु हुन्छन्ः
१. आनुवांशिक कारण , बाबु आमामा मधुमेह भएको खण्डमा छोराछोरीमा पनि सर्ने सम्भावना २० प्रतिशत रहेको चिकित्सक हरुले जनाएका छन् । तसर्थ अभिभावक बाट सन्तानमा मधुमेह सर्न सक्ने सम्भावना रहेको हुन्छ ।
२. बढि मोटो रहनु र आवश्यक भन्दा बढि तौल्ा हुदा मधुमेह हुने सम्भावना बढि हुन्छ ।
३. भाइरसको संक्रमणः यो मधुमेहको प्रमुख कारक हो । प्यांक्रियाजको विटा कोश (जसले इन्सुलिन उत्पादन गर्छ ) मा भाइरसको संक्रमण हुदा इन्सुलिनको उत्पादन हुन सक्दैन जसको कारण मधुमेह हुन जान्छ ।
४.व्यायामको कमी , अस्वस्थ आहार विहार , उच्च रक्तचाप र रगतमा बढि कोलेस्टेरोल हुनु पनि मधुमेहका कारक हुन्।
मधुमेहका लक्षण
१. छिटो छिटो पिसाव लाग्ने र तिर्खालाग्ने
२. बढि भोक लाग्ने , आखा तिरमिराउने
३. शरिरको वजन घट्ने , थकाइ महसुस हुने
४. वाकवाकी लाग्ने
५. लामो समयसम्म चोटपटक निको नहुने
५. हात खुट्टा झमझमाउनु , रिंगटा लाग्नु
मधुमेहका विरामीले के गर्ने के नगर्ने ?
मधुमेहका विरामीले आफ्नो खानपानमा विशेष ध्यान दिएर पनि मधुमेहलाई नियन्त्रणमा राख्न सक्छन् । त्यसको लागि मधुमेहका विरामीले गुलियो, चिनी धेरै हालेको तथा ग्लूकोज युक्त खानेकुरा सिधै खानु हुँदैन ।
त्यस्तै, थोरै थारै खाने तर धेरै पटक खाने गर्नु पर्छ । मधुमेहका विरामीका लागि मेथी निकै लाभदायक हुने भएकोले उनीहरूले आफ्नो आहारमा टुसा उमारेको मेथीलाई हल्का तारेर तथा उसिनेर पनि खान सक्छन् । तरकारीमा मेथी पड्काएर पनि त्यसको स्वाद लिनसक्छन् ।
खानामा फापरको रोटी, सिस्नु आदिलाई पनि समावेश गर्न सकिन्छ । फलफूलमा स्याउ उत्तम मानिन्छ । स्याउमा भरपूर मात्रामा फ्रुक्टोस हुन्छ । फ्रुक्टोसकै कारण स्याउ गुलियो हुने भएकोले यसलाई खाँदा मधुमहेका रोगीहरूलाई खासै फरक पर्दैन । यद्यपि अत्यधिक मात्रामा स्याउको सेवनले मधुमेहका बिरामीको आँखामा भने असर गर्न सक्छ । त्यसैले, यस कुरामा भने विशेष ध्यान दिनु आवश्यक छ ।
मधुमेहका रोगीले गुलियो खानेकुरा सकेसम्म खानुहुँदैन । गुलियोले रगतमा चिनीको मात्रा बढाउने हुँदा मधुमेहका विरामीले गुलियो पेय पदार्थ, सोडा, जुस आदि खानु हुँदैन । त्यस्तै भुटेको तारेको, चिल्लो आदि खानु हुँदैन । पिज्जा, वर्गर जस्ता फास्टफुड पनि सेवन गर्नु हुँदैन ।
च्याँख्ला पनि धेरै खानुहुँदैन । च्याँख्लामा पनि क्यालोरीको मात्रा धेरै हुने गर्छ । यही कुरा नबुझेर मधुमेहका विरामीले भात त कम खान्छन्, तर च्याँख्ला भने धेरै खान्छन् । जसका कारण मधुमेहमा कमी आउनुको सट्टा झन् बढ्ने गर्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरीयुक्त खाना खाएर वा चिकित्सकको परामर्श अनुसार खाना खाए मधुमेह रोगको रोकथाम गर्न सकिन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया