प्रकाश दाहालको ३८ औं जन्मजयन्तीमा ५ सागरमाथा आरोहीलाई सम्मान गरिँदै

appharu
0
Shares

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालका छोरा स्व. प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा पाँच जना सगरमाथा आरोहीलाई सम्मान गरिंदै छ ।

सम्मान कार्यक्रमको नाम ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ राखिएको छ । कार्यक्रममा पाँच जनालाई साहसिक सगरमाथा सम्मान र जनयुद्ध र जनआन्दोलनका केही घाइतेहरुलाई आर्थिक सहयोग गरिने आयोजक प्रकाश दाहाल फाउन्डेसनले जनाएको छ ।

प्रकाश दाहाल फाउन्डेसन सोमबार मात्रै विधिवत दर्ता गरिएको छ । यसको संयोजक प्रकाश दाहालकी पत्नी एवम् खानेपानी मन्त्री विना मगर रहेकी छन् । प्रकाश दाहाल र विना मगरले सँगै सगरमाथा आरोहण गरेका थिए । सगरमाथा आरोहणलगत्तै उनीहरुले प्रेम विवाह गरेका थिए ।

सगरमाथा चढ्ने बाटो बनाउने आङसार्की शेर्पा, अर्का आरोही छिरिङ थुन्दु शेर्पा, विश्वको सर्वोच्च शिखर सगरमाथादेखि दोस्रो अग्लो चुचुरो माउन्ट केटु चढ्ने पहिलो नेपाली महिला माया शेर्पा, नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठ र कोरियन नागरिक युम होङ गिललाई सम्मान गरिने फाउन्डेसनले जनाएको छ ।

सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड, नेकपाका नेता माधव नेपाल र कांग्रेस नेता रमेश लेखक लगाएतलाई बोलाइएको छ ।

०३८ साल असार १७ गते जन्मिएका प्रकाश दाहालको ०७४ मंसिर ३ गते असामयिक निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?