काठमाडौं । प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री डोरमणि पौडेल आज चीनतर्फ प्रस्थान गरेकाले उनले सम्हाली आएका मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यभार आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेललाई दिएका छन् ।
प्रदेश प्रमुखको सचिवालयले आज जनाएअनुसार मुख्यमन्त्री पौडेल चीनको गान्सु प्रान्तको गर्भनरको निमन्त्रणामा चीनको लाम्झाउ शहरमा यही असार १९ देखि २३ गतेसम्म आयोजना हुने ‘पच्चीसौँ चाइना लाम्झाउ इन्भेष्टमेन्ट ट्रेड फेयर’को उद्घाटन समारोहमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया