रुसी नागरिक पोखराबाट पक्राउ

appharu
0
Shares

काठमाडौं । अवैधरुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजात बिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो ।

पर्यटकीयस्थल लेकसाइडमा माला, क्युरियोलगायत सामग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई प्रहरीले आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय पोखरालाई बुझाएको थियो ।

उनलाई आजै अध्यागमन विभाग काठमाडौं पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?