काठमाडौं । झापामा डिउटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका-१३ स्थित डिउटिमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मकवानपुर मनहरी नगरपालिका-२ बस्ने ४६ वर्षीय ईन्द्र तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा प्रहरी चौकी चारआलीबाट खटिएको ट्राफिक प्रहरीसहितको टोलीले ना.६ ख ११६८ नम्बरको ट्रकको कागज पत्र जाँच गर्ने क्रममा ट्रकको कागजपत्र नभएको भनी चालक तामाङले प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया