जगदीश्वरनरसिंह केसीको घरमा बैठकः देउवाविरुद्ध मोर्चाबन्दी !

appharu
0
Shares

काठमाडौं– नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीको गोंगबुस्थित निवासमा काँग्रेसका एक समूहका नेताहरुको बैठक बसेको छ ।
केन्द्रीय कार्यसमितिको बैठक नजिकिँदै गर्दा आफ्नो साझा रणनीति तयार गर्न संस्थापन इतरका नेताहरुको बैठक बसेको हो ।
आगामी असार २२ गतेका लागि काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । त्यसमा कस्तो रणनीतिका साथ अघि बढ्ने भन्ने विषयमा धारणा बनाउन संस्थापन इतरका नेताहरु छलफलका जुटेका हुन् ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

स्रोतका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, २२ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठक र विधानका विषयमा केन्द्रीत रहेर छलफल भएको थियो ।
यस्तै संक्रमणकालीन अवस्थामा निर्वाचन प्रक्रियाका जुन विषय रहेको छ त्यसमा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिनुपर्नेमा सो बैठकबाट जोड दिइएको छ । विधानमा भएको व्यवस्थाअनुसार प्रदेशदेखि वडासम्मको नेतृत्व निर्वाचन पद्धतिमार्फत चयन गरिनुपर्नेमा बैठकले जोड दिएको  छ ।
यस्तै समयमै अधिवेशन गर्नका लागि नेतृत्वले पहल गर्नुपर्ने, नेविसंघ लगायत भातृ र शुभेच्छुक संस्थाको पनि तदर्थ समिति नभई निर्वाचनबाटै नेतृत्व चयन गरिनुपर्नेमा नेताहरुबीच समझदारी बनेको छ । यी विषय देउवा विराेधी समूहले केन्द्रीय समितिमा जाेडदार रुपमा उठाउने छ ।
संस्थापन पक्षकै नेताहरुबाट पार्टीलाई गुट र उपगुटमा विभाजन गर्ने काम भएको दाबी पनि बैठकले गरेको छ।
बैठकमा सहभागी एक नेताका अनुसार डिनरसहितको बैठक साँझ ५बजे देखि करीब ९ बजेसम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?