आईफाले निम्त्याएको विवाद

appharu
0
Shares

काठमाण्डौं । इन्डिया फिल्म अवार्ड (आइफा) काठमाडौंमा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय ग-यो ।

सरकारले यसको नेतृत्वको जिम्मा पर्यटन बोर्डलाई दियो । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिँदै काठमाडौं महानगरपालिका सह–आयोजक हुनेगरी अवार्ड कार्यक्रम गरिने जानकारी दिए ।

अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपक जोशीले जानकारी दिए । अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको छ ।

समितिमा पाँच वटा मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र होटल एसोसिएसन अफ नेपालका प्रतिनिधि हुने छन् ।

अवार्डको आलोचना
आइफा अवार्ड नेपालमा गर्दा यसले पर्यटन प्रवर्धन गर्न सरकारको दावी छ । पर्यटन प्रवर्धनको विरोधमा आम नेपाली हरेको देखिन्न तर सरकारले अवार्डका लागि रकम छुट्याएको भन्नेबारे सर्वत्र चर्चाकोे पाटो बन्यो । सत्ता पक्षकै केहि नेताहरुले यसको चर्काे विरोध गरे । सडक देखि संसद्सम्म यो विषयले प्रवेश पायो । नेपाली कलाकर्मीहरुले पनि यसको चर्काे विरोध गरेका छन् ।

सरकारको प्रष्टोक्ति
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले आईफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे ।

मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले अवार्डबारे प्रश्न उठाएपछि उनले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको प्रष्ट्याएका हुन् ।

समितिको निर्देशन
आइफा अवार्ड रोक्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दियो । सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा आइफा अवार्ड आयोजनाले नेपालको सांस्कृतिक र राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पार्ने भन्दै रोक्न निर्देशन दिने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?