अर्जेन्टिनालाई स्तब्ध बनाउदै ब्राजिल फाईनलमा

appharu
0
Shares


एजेन्सी । अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गरेको हो ।ब्राजिलको जितमा ग्याब्रियल जिसस र रोबर्टो फिर्मिन्होले समान १-१ गोल गरे ।

खेलको १९ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ७१ औ मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।

उपाधिका लागि ब्राजिलले अब चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?