पत्रकार सम्मेलनबाटै पक्राउ परे उद्योग वाणिज्य संघका अध्यक्ष

appharu
0
Shares

काठमाडौं । अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सार्वजनिक हित विरुद्धको कसुर अन्र्तगत उनीहरुलाई प्रहरीले पक्राउ गरेको डिएसपी दक्ष कुमार बस्नेतले लोकपथलाई जानकारी दिए ।

गत १० गते नगरसभामा गएका देवकोटाले सभास्थलमा कुर्सी तथा फर्निचर तोडफोड गरेकोले गोदावरी नगरपालिकाले जाहेरी दिएकोमा उनलाई पक्राउ गरिएको डिएसपी बस्नेतले बताए ।

उनले भने बस्नेतलाई हामीले जाहेरी प्राप्त भएदेखि नै खोजीराखेका थियौँ । उनीसहित प्रहरीले अरु दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा संघका सदस्य दिपीन साउद र स्थानीय व्यापारी दिनेश विष्ट रहेको प्रहरीले जनाएको छ ।

तस्वीर: Shrawan Deuba को फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?