भाईरल गीतका गुमनाम अविरल (भिडियो अन्तर्वार्ता)

appharu
0
Shares

‘नाँई मलाई थाछैन’, ‘मीठो सारै मीठो’, ‘माया लुकी लुकी’, ‘मेरो दुनियाँ बेग्लै छ’, ‘गोप्य कुरा’, ‘तिमी नै मेरो सास हौ’, ‘सालको पात’ लगायतका गीतमा संगीत तथा संगीत संयोजन गरेका आशिष अविरलको परिचय फराकिलो छ ।

निरन्तर एकपछि अर्को गीत ‘भाइरल’ भएपनि उनको चर्चा भने धेरै छैन । २०६३ सालतिर ‘बास्ना’ एल्बमका गीतलाई श्रोताले अत्याधिक मनपरायसँगै उनको चर्चा र व्यस्तता चुलिएको हो ।

आनन्द अधिकारीको शब्द, नरेन्द्र प्यासीको स्वर र अविरलको संगीतमा तयार भएको ‘बास्ना’ एल्बममा ‘तिमीविनाको जीवन’, ‘तिम्ले दिने माया’, ‘फूलको दिलमा पनि’, ‘माया ओ माया’ ‘जाम क्यारे उडेर’ लगायत बोलका गीत समावेश थिए ।

पछिल्लो समय प्रकाश सपुतको गीत ‘गलबन्दी’ विवादले बजार निकै रापिलो भयो । चुलएिको चर्चासंगै गित विवादमा तानियो । गायक शम्भु राईको देउसी गीतसँग सपूतको गलबन्दी गित आंशिक मिलेको कुराले सामाजिक संजाल हुँदै सडक देखी सदन सम्म सबैको धयान तान्यो ।

अन्तत दुई कलाकारले ४ बुँदे सहमति गरेर विवाद निफने । तर गीत विवादले उठान गरेको जातियताको विषयमा छलफल हुन थालेको छ । मान्छेले वैचारिक बहस गर्न नसक्ने भएपछि अन्तिम अस्त्रको रुपमा जातलाई ल्याउने गरेको अविरलको तर्क छ ।

उनै बहुआयामिक व्यक्तित्व अविरलसँग लोकपथकर्मी शिवराज परियारले गरेको कुराकानीको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

नेपाली चलचित्रका चक्लेटी हिरो अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ए मेरो हजुर ३ को चर्चित गीत परान अविरलले नै कम्पोज गरेका हुन् । उनले कम्पोज मात्रै गरेनन् गीतमा आफ्नो आवाज नि भरेका छन् । फिमेल भोकलमा अन्जु पन्तले साथ दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?