एसईई पूरक परीक्षाको तालिका सार्वजनिक, २ दिन मात्र संचालन हुने

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड एसईई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

बोर्डले बुधबार एक सूचना प्रकाशित गर्दै साउन २६ र २७ गते दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् ।

२ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार, साउन २६ गते १ विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ । यसअघि विषयअनुसार परीक्षा गर्दै आएको बोर्डले यसपटक दुई दिन मात्रै परीक्षा गर्न लागेको हो ।

परीक्षामा सहभागी हुन चाहनेले साउन १५ सम्ममा आवेदन फारम भर्ने समयसीमा बोर्डले तोकेको छ ।

हेर्नुहोस् सूचना:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?