पूँजीबजार दोहोरो अङ्कको वृद्धि कायमै

appharu
0
Shares

काठमाडौं । मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १५ दशमलव ६२ अङ्कले बढेर एक हजार २६८ दशमलव ६८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ०२ अङ्कले बढेर २ सय ७२ दशमलव ९८ विन्दुमा पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । बुधबार कूल १७४ कम्पनीका २० लाख ६४ हजार ९ सय १३ कित्ता शेयर ५५ करोड दुई लाख ४७ हजार ८ सय १३ मा खरिदबिक्री भए ।

स्टकका अनुसार कारोबार भएका ११ उपसमूहमध्ये सबै उपसूहको शेयर उकालो लागेको छ । बैंकिङ १३ दशमलव ७६, होटल १ दशमलव ६९, विकास बैंक १४ दशमलव ३९, जलविद्युत् १४ दशमलव ९४, वित्त २ दशमलव ९५, निर्जीवन बीमा ९३ दशमलव ४१, उत्पादन १८ दशमलव ४६, अन्य ८ दशमलव ५७, लघुवित्त २६ दशमलव०२, जीवन बीमा ९४ दशमलव ९३ र सामूहिक लगानी कोष ० दशमलव ०६ अङ्कले बढेको छ ।

नेपाल बैंक लिमिटेडको शेयर चार करोड ५३ लाख ३१ हजार ८ सय ७० मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै सेञ्चुरी कमर्सियल बैंक तीन करोड ४० लाख ८५ हजार १३०, मेगा बैंक नेपाल तीन करोड २६ लाख ६५ हजार ५ सय ४१, प्रभु बैंक लिमिटेड तीन करोड तीन लाख ८६ हजार ९४ र सिभिल बैंक लिमिटेड तीन करोड दुई लाख ११ हजार ३८ मा कारोबार भए ।

बढेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ६ दशमलव ०६ प्रतिशतले गुमाए । त्यस्तै नाङ्दी ग्रुप पावर ४ दशमलव ९१, युनियन हाइड्रो पावर लिमिटेड ४ दशमलव ६८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४ दशमलव ३८ र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले २ दशमलव ५ प्रतिशतले गुमाए ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८ दशमलव १०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ६ दशमलव ७६, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ९९, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी ५ दशमलव ९५ र रिढी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले ५ दशमलव ६२ प्रतिशतले कमाए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?