काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन् ।
उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताउदैं पदबाट राजिनामा दिएका हुन् ।
राहुलले राजीनामाको घोषणासँगै एक पत्र ट्वीट गरेका छन्, जसमा उनले अरुलाई जवाफदेही बनाउनु अघि आफू पहिले जवाफदेही बन्न जरुरी रहेको बताएका छन् ।
‘भविश्यमा पार्टी विस्तारका लागि जवाफदेही महत्वपूर्ण छ । यही कारण मैले कांग्रेस अध्यक्षबाट राजीनामा दिएको छु’ उनले पत्रमा भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया