नेकपा नेता योगेश भट्टराईले भेटे रसियन कम्युनिष्ट पार्टीका नेता

appharu
0
Shares


नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य तथा सांसद योगेश भट्टराईले रसियन कम्युनिष्ट पार्टीका नेतासँग भेट गरेका छन् ।

जुलाई १ देखि तीनसम्म हुने ‘संसदीय अभ्यासको विकास सम्बन्धी दोस्रो अन्तराष्ट्रिय मञ्च’ मा विश्वभरीका १ सय ३२ मुलुकका ८ सय सांसदहरु सहभागी हुने कार्यक्रमका लागि पुगेका उनले रसियन कम्युनिष्ट पार्टीका वरिष्ठ नेता गेन्नाडी एन्ड्रीयभिच ज्यूगानोभसँग भेट गरेका हुन् ।

भेटमा नेता भट्टराईले नेपाल कम्युनिष्ट पार्टीको पछिल्लो अवस्था र नेपालको बारेमा जानकारी गराए । रसियन संसद दुमाको आयोजनामा १ जुलाई देखि मस्कोमा जारी ‘संसदीय अभ्यासको विकास सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय मञ्च’ मा भाग लिन मस्को पुगेका नेता भट्टराईले भेटवार्तामा नेपालका दुई ठुला कम्युनिष्ट पार्टीबिचको एकता र तिनै तहको निर्वाचनमा विजय हासिल गरेको बताए । अब नेपाल राजनीतिक स्थायीत्वसँगै तिव्र आर्थिक विकासमा अघि बढेको उनले बताए ।

भेटघाटका क्रममा नेता ज्युगानोभलाई उनले नेपाल भ्रमणको निम्तोसमेत दिए । नेता ज्यूगानोभले निर्वाचनको माध्यमबाट नेपालमा कम्युनिष्ट पार्टीको सरकार बन्दा आफू उत्साहित भएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?