भारत जाँदा छोरा, फर्किंदा छोरी, माग्ने बनाउनकै लागि लिंग काटेर फाल्न लगाइयो 

appharu
0
Shares

कञ्चनपुर – भारत जाने, त्यहीं पढ्ने अनि केही कमाएर पठाउने । यही आसमा माल परिवारले ६ वर्षअघि छोरालाई बिदाइ गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसहवास उडेको छ । गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालिका–१, दोमिल्लाका सुरेन्द्र माल पहिलेजस्ता रहेनन् । नाम फेरिएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंगसमेत काटिएको छ ।

भारत पस्दा १८ वर्षका थिए । त्यहीँ दुई वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो । तेस्रोलिंगीहरूको समूहले लिंग काटिदिएको सुरेन्द्रले बताए । त्यसपछि उनलाई केटीको पहिरनमा विभिन्न नाचगान र शुभकार्यमा ताली बजाउन, नाच्न लगाइयो । रेलवे स्टेसन र बसपार्कमा माग्न लगाइयो । सुरेन्द्रका अनुसार मेरठ बस्ने इलियास नामका व्यक्तिले उनको यो अवस्था बनाएका हुन् । इलियासले नै उनको कमाइ खान्छन् । ‘मागेर ४०/५० हजार हुन्थ्यो, त्यो सबै उसैले लैजान्थ्यो,’ न्याय माग्दै मंगलबार जिल्ला प्रहरी कार्यालय पुगेका सुरेन्द्रले भने, ‘मलाई माग्ने बनाउनकै लागि लिंग काटेर फाल्न लगाइयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?