तीन वर्षदेखि बेपत्ता श्रीमान् टिकटकमा भेटिएपछि…!

appharu
0
Shares

तीन वर्षदेखि बेपत्ता भएका एक भारतिय पुरुष टिकटकका कारण फेला परेका छन् । भारतको यो खबर त्यहाँका स्रञ्चार माध्यमले प्रमुखताका साथ प्रसारण गरिरहेका छन् ।


पछिल्लो समय युवामाझ लोकप्रिय एप टिकटकमा भिडियो बनाएर राखेका आफ्ना श्रीमान सुरेशलाई उनकी श्रीमती जयसुधाले आफन्तको सहयोगमा भेटेकी हुन् ।

तर दुर्भाग्य, तिन वर्षअघि भन्दा उनी धेरै फरक भइसकेका थिए । अर्थात् उनका श्रीमान् तेश्रोलिङ्गीसँगको प्रेममा रहेको बयानका क्रममा खुलेको छ । प्रहरीसँगको कुराकानीका क्रममा सुरेशले यो कुरा स्विकारेका छन् ।

सन् २०१६ मा बेपत्ता भएका श्रीमानको खोजी गरीदिन जयसुधाले प्रहरीकोमा रिपोर्ट लेखाउनेदेखि विज्ञापनसम्म गरिन् । तर उनको पत्तो लागेको थिएन ।


कसरी परे फेला ?
एकजना आफन्तले जयसुधालाई टिकटकको भिडियो देखाइन् । भिडियोमा उनकै पति सुरेशअभिनय गरिरहेका थिए ।

तस्वीर गूगलबाट


जयसुधाले त्यो टिकटक भिडियो प्रहरीलाई देखाइन् र आफ्ना श्रीमानलाई खोजिदिन आग्रह गरिन् । प्रहरीले सुरेशलाई विशेष सुत्र प्रयोग गरि खोजी गरी पक्रियो ।


प्रहरीको अनुसन्धानबाट जयसुधाका पति सुरेश टिकटक भिडियोमा काम गर्ने एक तेश्रोलिङ्गीसँग प्रेममा थिए । यो कुराले जयसुधा आश्चर्यमा मात्रै परिनन् उनको होसहवास उड्यो ।

यद्यपी प्रहरीले दुई बच्चाका पिता सुरेशलाई अहिले श्रीमतीसँग घर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?