असार २२ गते हुने भनिएको नेपाल बन्दबारे के भन्छ विप्लव ?

काठमाडौं । विप्लव समूहले असार २२ गते नेपाल बन्द रहेको भन्ने समाचार झुटो भएको जनाएको छ ।

विप्लवले यही असार २२ गते नेपाल बन्दको आह्वान गरेको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यमहरुले प्रकाशित गरेको समाचारप्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

file photo

उता नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले २२ गते आफूहरूको नेपाल बन्दको कार्यक्रम नभएको बताए । साथै उनले देशभर प्रहरीले बिनाकारण चलाएको धरपकड र गिरफ्तारीप्रति आफूहरू गम्भीर रहेको बताए ।

उनले पूर्वका विभिन्न जिल्लाका गाउँगाउँमा प्रहरीले अप्रेसन चलाएर स्थानीय बासिन्दालाई आतङ्कित पार्ने काम गरेको भन्दै उक्त हर्कत तत्काल बन्द गर्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?