कोरियाबाट आयो यस्तो खबर, ६ हजार हाराहारी मात्रै लैजाने

काठमाडौं । कोरियाले यस वर्ष ६ हजार ७ जना नेपालीलाई मात्र लैजाने भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिएर पास भएका १२ हजार ९ जना परीक्षार्थी मध्ये सन् २०२० मा दक्षिण कोरियाले ६ हजार ७ जना नेपालीलाई मात्र लैजाने भएको हो ।

कोरियाको मानव शसाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र रोष्टर (दर्ता) गर्ने जानकारी गराएको वैदेशिक रोजगार इपीएस शाखाले जनाएको छ ।

ईपीएसको लिखित परीक्षामा पास भएकाहरुको सीप परीक्षा भदौ ४ देखि १८ गतेसम्म हुँदैछ । कोरियन भाषा उत्तीर्ण गरेका परीक्षार्थीले सीप परीक्षणमा सहभागी हुन असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फाराम भरीसक्नुपर्ने शाखाले सूचना प्रकाशन गरेको छ ।

सन् २०२० का लागि सञ्चालित ईपीएस परीक्षामा औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए ।

एचआरडीले औद्योगिक क्षेत्रका लागि ४ हजार ७ सय र कृषिमा २ हजार जनालाई सीप परीक्षण सहभागि गराउन शाखालाई जानकारी गराएको शाखाले जनाएको छ । शाखाले सोही अनुसार सूचना प्रकाशित गरेको छ ।

इपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा सहभागी भई अनिवार्य पास हुनुपर्ने छ ।

सीप परीक्षणमा पास भएका परीक्षार्थीले मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने शाखाले जनाएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् ।

सन् २०२० का लागि ८४ हजार भन्दा धेरै नेपालीले कोरियन भाषा परीक्षामा सामेल भएका थिए । जसमध्ये १२ हजार ९ जनाले कोरियन भाषा परीक्षा उतिर्ण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?