काठमाडौं । सरकारले वार्तामा नआए विप्लव समूहले ठुलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लव समूहले लुटपाटको धन्दा चलाएको र यो क्रमशः संगठित आतंकवादतर्फ उन्मुख रहेको भन्दै सरकारले जंगली राजलाई छुट दिन नसक्ने बताए ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटा विप्लव समूहप्रति आक्रामक रुपमा प्रस्तुत भए ।
कार्यकर्ता छाड भन्ने तर, हिंसा गरिरहने कार्य स्वीकार्य नभएको भन्दै वार्तामाआउन अनुरोध गरेका छन् ।
रक्तपिपासु मानसिकता नेपाली समाजले अस्वीकार गरेको भन्दै मन्त्री बास्कोटाले क्रान्तिका नाममा स्कुल बन्द गराएर वितण्डा नमच्चाउन विप्लव समूहलाई चेतावनी दिए ।
उनले विप्लव समूहले प्रहरी दमन भन्दै वक्तव्यबाजी गरेकोमा समेत आक्रोश पोखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया