भदौबाट ‘कमेडी च्याम्पियन’, विजेतालाई २५ लाख र कार

appharu
0
Shares

काठमाडौं । आउँदो भदौबाट नेपालमै पहिलो पटक ‘कमेडी च्याम्पियन’ हुने भएको छ ।

कायैक्रमको निर्णायकको भूमिकामा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई रहनेछन् । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रमलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । कार्यक्रमको होस्ट रिमा विश्वकर्माले गनेछिन् ।

‘३ प्रोडक्सन’ले निर्माण गर्ने ‘कमेडी च्याम्पिएन’ फ्रेन्चाइज ‘शो’ भने होइन । २४ श्रृंखला प्रशारण हुने कार्यक्रमको शुरुमा डिजिटल अडिसन लिइने छ । डिजिटल अडिसनमा सहभागी हुन् सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजकलाई पठाउनु पर्ने छ ।

गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप मोवाइलमा डाउनलोड गर्नु पर्नेछ । नेपालबाट सम्पादन नगरिएका तीन मिनेटको स्ट्यान्डप कमेडी भिडियो र विदेशबाट पाँच मिनटको भिडियो पठाउनु पर्नेछ ।

डिजिटल अडिसनबाट छनोट भएकालाई फिजिकल अडिसनका समाबेस गरिने आयोजकले जनाएको छ । डिजिटल अडिसनबाट छनोट भएकाहरुमध्येबाट छनोट गर्न फिजिकल अडिसन लिन मुख्य सहरहरुमा जाने कार्यक्रम रहेको छ ।

अडिसन राउण्डपछी टप २५ छनोट हुनेछन् जसबाट क्रमशः १५ र ३ छनोट हुनेछन् । टप ३ बाट विजेता चयन गरिनेछ । २५ भाग प्रशारण हुने ‘शो’को १४ श्रृंखलामा मात्रै निर्णायक देखिनेछन् ।

विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । चलचित्रमा पनि राम्रो कमेडी गर्ने कमेडियन चाहिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?